खैरहनीमा सर्वाधिक पुरस्कार रासीकाे गाेल्डकप हुने 

खैरहनी । पूर्वी चितवनकाे खैरहनीमा सर्वाधिक पुरस्कार रासीकाे फुटवल प्रतियाेगिता हुने भएकाे छ । खैरहनी वड नं ११ पिद्रहनी स्थित इन्द्रकमल युवा क्लवकाे आयाेजनामा यही जेठ १२ गतेबाट प्रथम इन्द्रकमल गाेल्डकम २०८१ हुने भएकाे हाे । प्रतियाेगिता साेही वडा अन्तर्गत कुम् रठ्ठा स्थित खेल मैदानमा हुनेछ । क्लवले बुधवार पत्रकार सम्मेलनकाे आयाेजना गरि प्रतियाेगिताकाे उद्देश्य र तयारीकाे विषयमा जानकारी दिएकाे हाे । खेलकुद मार्फत पर्यटनकाे विकास गर्ने उद्देश्यले दुईलाख पुरस्कार रासीकाे गाेल्डकप आयाेजना गरिएकाे क्लवका अध्यक्ष राजु तामाङले बताए । दुई बर्ष अधि जिल्ला स्तरीय फुटवफ प्रतियाेगिता गरेकाे साे क्लवले खेलाडीहरुकाे सीप विकास, स्थानीय स्तरमा आर्थिक चलायमान र खेलकुदकाे माध्यमबाट खैरहनीलाई राष्ट्रिय स्तरमा परिचित गराउन प्रतियाेगिता आयाेजना गरिएकाे अध्यक्ष तामाङले जानकारी दिए । १० टिम सहभागी साे प्रतियाेगिता प्रथम पुरस्कार २ लाख र दाेस्राे पुरस्कार एक लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियाेगितामा सर्वाधिक गाेलकर्ता १ जना, उत्कृष्ट, गाेल रक्षक १ जना, सर्वाेउत्कृष्ट खेलाडी १ जना प्रत्यक खेलमा उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ । उपाधिका लागि आयाेजक टिम सहित हेटाैडा फुटवल एकाडेमी, वीरगञ्ज युनाइटेड, अभिषेक चर्ज, बसन्तपुर युनाइटेड क्लव माडी, रामपुर रडर्स, सुर्यपुर एफसी, हर्दी युवा समाज, प्याराडाइज युवा क्लव, गैंडाकाेट एफसीले प्रतिस्पर्धा गर्नेछन् । साढे १३ लाख खर्च हुने अनुमान गरिएकाेसाे प्रतियाेगिताकाे लागि वडा कार्यालयकाे ५ लाख विभिन्नसंघ संस्थाहरुबाट आर्थिक सहयाेग संलन गरिने छ । आयाेजक क्लवले प्रतियाेगिताकाे तयारी पूरा भएकाे र खेल तालिका समेत सार्वजनिक गरिएकाे जनाएकाे छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker