सिरोहियाको गिरफ्तारी राज्यशक्तिको दुरुपयोग भएको आचार्य बन्धु समाज नेपालको ठहर

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयालाई प्रचलित नियम कानून अनुसार सोधपुछ समेत नगरी राज्यशक्तीको दुरुपयोग गर्दै कार्यालयबाट पकाउ गर्नु न्यायसंगत नदेखिने उल्लेख गर्दै व्यक्तीको सूचना पाउने र आफ्‌नो स्पष्टीकरण दिने मौका समेत नदिई पक्राउ गर्नु शोभनीय र प्रचलित संविधान, प्रचलित कानून, मौलिक हक एवं अन्तर्राट्रिय मानव अधिकारसमेतको उलंघन भएको आचार्य बन्धु समाज नेपालले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

आचार्य बन्धु समाज नेपालका केन्द्रिय अध्यक्ष बाबुराम आचार्य ।

“कानूनी राज्यमा यस्तो व्यवहार संसारमा कतैपनि शोभनीय मानिदैन । लोकतन्त्रको गहनाको रुपमा रहेको निजी क्षेत्रको मिडिया र त्यसमा नेतृत्वदायी भूमिका खेलेका कान्तिपुरका अध्यक्षलाई पकाउ गरि प्रेश स्वतन्त्रताकोसमेत न्युनतम् मर्यादा पालना नगरी गृहप्रशासनको ठाडो निर्देशनमा मिडियाको कार्यालयमा नै गएर दैनिक रुपमा उपप्रधान एवं गृहमन्त्रीका बिषयमा धारावाहीक रुपमा सहकारी ठगी सम्बन्धी समाचारहरु आईरहेका बेला नै पकाउ गरी संचारकर्मीलाई समाचार लेख्न हतोत्साहित बनाउने ध्येयले पकाउ गर्नु पुर्वाग्रही, अलोकतान्त्रीक, अव्यवहारिक भएको आचार्य बन्धु समाज-नेपाल केन्द्रीय समितिले ठहर गरेको बिज्ञप्तिमा उल्लेख छ ।

यस निन्दनीय कार्यको कडा रुपमा बिरोध गर्ने समाजका अध्यक्ष बाबुराम आचार्य हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker