रत्ननगरका महिलाहरुका लागि उद्घोषण तालिम सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरका महिलाहरुका लागि उद्घोषण तालिम सुरु गरिएको छ । रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति चितवनले आयोजना गरेको सो तालिममा ४५ जनाको सहभागिता रहेको छ ।

विभिन्न सामाजिक संघसंस्थाका आबद्ध रहेका महिलाहरुको नेतृत्व र क्षमता विकासको लागि उद्घोषण तालिम आयोजना गरिएको हो । समितिकी अध्यक्ष शोभा ओली शर्माले महिलाहरुले ढुक्क् भएर आफ्ना कुरा राख्न सक्ने बनाउन तालिम आयोजना गरिएको बताइन् । तालिमको उद्घाटन गर्दै वडा नं १२ का वडाध्यक्ष सुन्दरमणि सुवेदीले समाजमा नेतृत्वदायी भूमिक निर्बाह गरिरहेका महिलाहरुको क्षमता विकास आवश्यक रहेको भन्दै उद्घोषण तालिमले वाककलाको विकास गर्ने बताए । दुई दिन सम्म चल्ने सो तालिममा सञ्चारकर्मी मनोज पन्तले प्रशिक्षकको भूमिका निर्वाह गरेका छन् ।

उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य एशोधा पौडेल, रत्ननगर मेलमिलक केन्द्रकी कोषाध्यक्ष अनिता अर्याल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा समितिकी अध्यक्ष शर्माले बाइजुराज महिला समितिले धर्मसंरक्षण र प्रचारप्रसारसंगै स्थानीय सरकारसंग सहकार्य गरी समाजमा विद्यामान विकृतिको अन्त्यको लागि चेतनामुलक कार्यक्रम, लागु औषध न्यूनीकरण, विद्यालय सचेतना तथा आयआर्जनको लागि सीपमुलक कार्यक्रम गरिरहेको बताइन् । श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति चितवनकी सचिव सम्झना अधिकारीले सञ्चालन गरेकी थिइन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker