रत्ननगरमा कांग्रेस पार्टी र जनप्रतिनिधिबीच अन्तर्क्रिया

रत्ननगर । १७औँ संघीय गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस रत्ननगर नगरसमितिको आयोजनामा पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधिबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कांग्रेस रत्ननगर नगरसमितिका सभापति प्रलाद सापकोटाको सभापतित्व एवं नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति राजेश्वर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका विभिन्न भूमिकाका रहेका नेता, कार्यकर्ता, पूर्वसभापति, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

अन्तर्क्रियामा संघीय गणतन्त्रलाई संस्थागत गर्नका लागि जनप्रतिनिधिले घोषणापत्रलाई आधार बनाएर काम गर्न सुझाव दिइएको थियो ।

सो अवसरमा कांग्रेस रत्ननगर नगरसमितिका सभापति एवं रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले जनप्रतिनिधिका रुपमा दुई वर्षमा रत्ननगरमा गरेका गतिविधिहरुबारे जानकारी गराएका थिए । कार्यक्रम नगरसचिव अनिता अर्यालले सञ्चालन गरेकी थिइन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker