रत्ननगर नगरपालिकामा मनाइयो गणतन्त्र दिवस

रत्ननगर । रत्ननगर नगरपालिकाको आयोजनामा १७औँ संघीय गणतन्त्र दिवसको अवसरमा दीप प्रज्ज्वलन गरिएको छ । गणतन्त्र स्थापनामा बलिदानी दिने शहीदहरुको स्मरण गर्दै गणतन्त्र स्थापना भएको १७ वर्ष पुगेको खुसियालीमा दीप प्रज्ज्वलन गरिएको हो । सहभागीहरुले एकापसमा अबिर लगाएर खुसी साटेका थिए ।


कार्यक्रममा नगरउपप्रमुख यादवप्रसाद पाठकले पछिल्लो समय गणतन्त्रप्रति आक्रमण हुँदै गएकोले गणतन्त्रको उपलब्धिहरुको रक्षा गर्दै गणतन्त्रका पक्षधरहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जनताको बलिदानीबाट प्राप्त भएको गणतन्त्रलाई संस्थागत गर्न कमिकमजोरी सुधार गर्दै जनप्रतिनिधि र कर्मचारीले जनताका पक्षमा काम गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रशासन शाखा प्रमुख सविता अर्याल, पूर्वाधार विकाश शाखा प्रमुख रमेश ताम्राकार, कार्यपालिका सदस्य चन्द्रकला पनेरु, सानु भण्डारीलगायत जनप्रतिनिधिको सहभागिता रहेको थियो ।
यसैबीच, नगरप्रमुख प्रलाद सापकोटाले १७औँ संघीय गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गरेका छन् ।
स्थानीय सरकारका रुपमा रत्ननगर नगरपालिकाले जनताको आवश्यकताका आधारमा काम गर्दै आएको र जनताकै सल्लाह र सुझावका आधारमा नगरको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गरिने भएकाले वडा–वडाबाट प्राथमिकताका आधारमा योजना छनोट गर्न उनले अनुरोधसमेत गरेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker