लियो राइनो रत्ननगरको अध्यक्षमा गौतम निर्वाचित

लियो क्लब अफ राईनो रत्ननगरले ९औ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ ।

राईनो रत्ननगर लायन वर्ष २०२३/२४ का अध्यक्ष लियो प्रसन्न अधिकारीको सभाध्यक्षता तथा लियो क्लब अफ राईनो रत्ननगरका सल्लाहकार लियो-लायन प्रकास साहकाे प्रमुख आतिथ्यता एवंम् लियो मुनाल भट्टको विशिष्ट अतिथ्यतामा क्लबले साधारण सभा सम्पन्न गरेकाे हाे ।

उक्त साधारण सभाले लायन वर्ष २०२४/२५ को लागी अकिंत गौतमकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ । कार्यसमितिकाे पदाधिकारीमा उपाध्यक्ष पदमा नेजोन घमाल, सचिब पदमा सोमित श्रेष्ठ , कोषाध्याक्ष पदमा प्रजिता थापा मगर चयन भएका छन्।

कार्यक्रममा अध्यक्ष अधिकारीले बोल्दै आँफु निवर्तमान भए पश्चात पनि क्लबलाई उत्तिकै चलायमान राख्नको निम्ति अफ़्नो सक्रियता उत्तिकै रहने बताए।क्लब लाई सफल र सक्रिय बनाउन क्लबका सम्पूर्ण पदाधिकारी लगाएतका सदस्यहरुको उत्तिकै भूमिका रहेको र सम्पूर्णलाई लायन वर्ष २०२४/२५ मा क्लब लाई अझ उत्कृष्ट र सक्रिय बनाउन आ-आफ़्नो ठाँऊबाट जिम्मेबारी बहन गर्न आग्रह गरे।

कार्यक्रममा लायन्स क्लब अफ रत्ननगरका पूर्व अध्यक्ष एवं लायन बर्ष २०२४/२५ का निर्वाचित रिजन चेयर पर्सन लायन शिवलाल पुरी पनि उपस्थित हुनुहुन्थ्यो।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker