फिल्म ‘अस्ट्रेलियन दुल्हा’ को शुभ–मुर्हत

फिल्म ‘अस्ट्रेलियन दुल्हा’ को शुभ–मुर्हत गरिएको छ । आइतबार पूर्वी चितवनको रत्ननगरमा रहेको हरिहर मन्दिरमा पूजा गर्दै फिल्मको शुभ–मुर्हत गरिएको हो । फिल्मको छायांकन आइतबारबाटै सुरु भएको छ । करिब २५ दिन छायाङ्कन सेड्युल रहेको यस फिल्मको छायाङ्कन चितवनका विभिन्न रमणिय स्थानहरूमा गरिँदैछ । नेपालीहरु अस्ट्रेलिया जाने र उतै बस्ने मोहको कथा फिल्मले बोल्नेछ ।

रेहान मियाको लेखन, निर्माण एवम् निर्देशनमा बन्न लागेको फिल्ममा किशोर खतिवडा, प्रविन आचार्य, अंकिता भुर्तेल, जीसु कोइराला, रेश्मा सुवेदी, लक्ष्मण नेपाल, विमल पौडेल, अन्जन शर्मा, केदार दवाडी स्वेता श्रेष्ठ र बाल कलाकार अक्सा कोइरालाको अभिनय रहनेछ । करुणा फिल्मस् तथा म्याङ्गो प्लेजर प्रा।ली।को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा किशोर चौधरी र केदार बरुवाल क्षेत्रीको संगीत, रवी कोइरालाको छायांकन छ । कृष्णराज अर्याल प्रस्तुतकर्ता रहेको फिल्ममा उमेश अधिकारी (आर्य) सह–निर्माता छन् । फिल्ममा करण साउदको मुख्य सहायक निर्देशन, राजन मोक्तानको सहायक निर्देशन, देव महर्जनको द्वन्द्व र किशोर चौधरीको नृत्य रहनेछ । मुहुर्तमा राम रिमाल, मिलन लामाले फिल्मको सफलताको कामना व्यक्त गरेका थिए । फिल्म आगामी तिहारमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker