अत्याधिक गर्मीका कारण रत्ननगरका विद्यालय बन्द

२८ जेठ, रत्ननगर । अत्याधिक गर्मीले जनजीवन कष्टकर बनेसंगै बालबालिकाको सिकाइ क्रियाकलाप साथै स्वास्थ्यमा समेत असर परेको भन्दै रत्ननगर नगरपालिकाले जेठ २९ र ३० गते विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालीकाले बर्षेसट्टे विदा बाट कटौती गरेर सो विदा उपलव्ध गराएको रत्ननगर नगरपालिकाका नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्लेले जानकारी दिए । नगरपालीकाले सोमबार प्रकाशित गरेको सुचनामा मन्टेश्वरी समेत बन्द गर्ने निर्णय गरेको छ ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker