खैरहनी १० मा जेष्ठ नागरिक र अपांगता भएकालाई सम्मान

जेष्ठ २८ गते ।
खैरहनी नगरपालिका वडा नम्बर १० ले वडा भित्रका जेष्ठ नागरिक तथा अपांगता भएकाहरुलाई सम्मान गरेको छ । ८५ बर्ष माथिका जेष्ठ नागरिक र पुर्ण अपांगता भएकाहरुलाई पौष्टिक आहार प्रदान गरि दोसल्ला ओढाएर सम्मान गरिएको वडा अध्यक्ष चन्द्र बिक्रम चौधरीले जानकारी दिए । उनिहरुलाई घर घरमा पुगेर सम्मान गरिएको थियो । २२ जना अपाङ्ग तथा ८५ बर्ष नाघेका ६४ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको अध्यक्ष चौधरीले बताए । खैरहनि नगरपालिका प्रमुख शशि कुमार खनियाको प्रमुख आतिथ्यता तथा उपप्रमुख कविता उप्रेतीको बिशिस्ट आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker