खैरहनीमा गर्मी बिदा तीन दिन थपियो

जेठ २९ गते । बढ्दो गर्मिका कारण खैरहनी नगरपालिकाले विद्यालयलाई थप तीन दिन बिदा दिएको छ । निरन्तरको गर्मिका कारण यहाँका सामुदायिक तथा संस्थागत विद्यालय जेठ ३०,३१ र ३२ गते सम्म बिदा दिने निर्णय गरेको हो । यस अघि हिजो र आज पनि गर्मिका कारण बिदा दिइएको थियो । गर्मीले बालबालिकामा प्रतिकुल असर पर्न सक्ने देखिएकाले थप तीन दिन बिदादिइएको खैरहनी नगरपालिकाका शिक्षा अधिकृत रविन्द्र देवकोटाले जानकारी दिए । बर्षे बिदाबाट कटौती हुने गरि बिदा दिइएको हो । बिदाको समय घर भित्र रहन,प्रशस्त पानी पिउन तथा स्वअध्ययन गर्न नगरपालिकाले आग्रह गरेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker