रत्ननगर नगरपालिकाले नेपाल र श्रीलङ्का बिचको खेल ठूलो पर्दामा देखाउने

रत्ननगर, जेठ २९ ।

रत्ननगर नगरपालिकाले आईसीसी टि–२० विश्वकप अन्तर्गत बुधबार बिहान हुने नेपाल र श्रीलंका बिचको खेल ठूलो पर्दामा देखाउने भएको छ । रत्ननगर २ टाँडीमा रहेको नेपाल माध्यमिक विद्यालयको खेल मैदानमा बिहान हुने खेल देखाउन लागिएको मेयर प्रलाद सापकोटाले जानकारी दिए । खेल नेपाली समय अनुसार बुधबार बिहान ५ : १५ मा हुनेछ । टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको खेलहरु संयुक्त राज्य अमेरिका र वेष्टइण्डिजमा जारी छ । नेपाल र श्रीलंका दुवै टीमका लागि भोलिको म्याच एकदमै महत्वपूर्ण छ । श्रीलंकाले अघिल्ला दुई म्याच हारिसकेकाले ‘गर या मर’ को स्थितिमा हुनेछ । नेपालले पनि पहिलो म्याचमा नेदरल्यान्ड्सविरुद्ध पराजय भोगेकाले जित्नै पर्ने दबाब छ ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker