एमाले चितवनका पार्टी पदाधिकारीद्वारा कार्यभार ग्रहण

चितवन, जेठ ३२ –
नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशनबाट गठित पार्टी पदाधिकारीले कार्यभार ग्रहण गरेका छन् ।

आज पार्टी कार्यालयमा आआफ्नो कार्यकक्षको कुर्सीमा बसी पदाधिकारीले कार्यभार ग्रहण गरेका हुन् ।

नेकपा एमाले पोलिटब्युरो सदस्य देवि ज्ञवालीको प्रमुख उपस्थिति र केन्द्रीय सदस्य यम बहादुर परियारको विशेष उपस्थितिमा पदाधिकारीलाई कार्यभार ग्रहण गराइएको एमाले चितवनले जानकारी दिएको छ ।

एमाले चितवनको पदाधिकारीमा अध्यक्ष कमल राज पाठक, उपाध्यक्षमा श्याम कुमार विष्ट, सचिवमा प्रकाश ढुंगाना, उपसचिवमा मिन बहादुर परियार, उप सचिव (महिला)मा ज्वाला पुरी वन रहेका छन् । यही जेठ १२ गतेदेखि १५ गतेसम्म चलेको अधिवेशनले ५ पदाधिकारीसहित ११९ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

उक्त कमिटीलाई जेठ २५ गते केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको प्रमुख उपस्थितिमा सपथ ग्रहण गराइएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker