घरबहाल मञ्चले देवघाट समाज कल्याण केन्द्रमा भोजन गरायो

भरतपुर÷नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनको दुई वर्षे कार्ययोजना अन्तरगत मञ्चको १३ औं स्थापना दिवसको अवसरमा बृद्धाश्रममा भोजन गराईएको छ । साप्ताहिक रुपमा मनाईएको स्थापना दिवसका अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत देवघाट क्षेत्र बिकास समिति द्वारा संचालित देबघाट समाज कल्याण केन्द्र  देबघाट ५ तनहुँ स्थित बृद्वाश्रममा भोजन खुवाउने कार्यक्रम सम्पन्न भएको हो ।
मञ्चका अध्यक्ष जनकलाल कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा देबघाट समाज कल्याण केन्द्रका अध्यक्ष भिम राना प्रमुख अतिथी रहनु भएको थियो । सो अवसरमा मञ्चका संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार हेमराज  पौडेल, पुर्व अध्यक्ष एवं सल्लाहकार हरि शर्मा पौडेललगायत मञ्चको कार्यसमितिका पदाधिकारी तथा सदस्य हरुको सहभागिता रहेको मञ्चका महासचिव सुरेन्द्र केसीले जानकारी दिनु भयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker