‘एक्सपर्ट युएसए–क्यानडा हाइयर एडु कन्क्लेभ’मा विद्यार्थीको उल्लेखीय सहभागिता

चितवन, जेठ ३०–
उच्च शिक्षा अध्ययनका लागि अमेरिका र क्यानडा जान चाहने विद्यार्थी लक्षित भरतपुरमा आयोजित ‘एक्सपर्ट युएसए–क्यानडा हाइयर एडु कन्क्लेभ’मा विद्यार्थीहरुको उल्लेखीय सहभागिता रहेको छ ।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा बुधबार भरतपुर–१० स्थित बेस क्याम्पसमा भएको कार्यक्रममा विहानैदेखि विद्यार्थी र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागि एक विद्यार्थीले भने–‘एक्सपर्टले यो कार्यक्रम आयोजना गर्नु हाम्रो लागि गोल्डेन अवसर हो, आज धेरै कुरा सिक्न र बुझ्न पायौं ।’


एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारीले विद्यार्थी र अभिभावकको प्रतिक्रियाले खुशी तुल्याएको बताए । उनले धेरै भन्दा धेरै विद्यार्थीहरु सहभागि भएको भन्दै सबैमा धन्यवाद दिए ।
विहान १० बजेदेखि सुरु भएको कार्यक्रम अपरान्ह ३ बजेसम्म चलेको थियो । कार्यक्रममा अमेरिका र क्यानडाको २० भन्दा बढी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यस कार्यक्रममा सहभागि हुने सबै विद्यार्थीहरुलाई हातखाली नजाने विभिन्न प्रकारका उपहारहरुको समेत व्यवस्था गरिएको थियो । जस अन्तरगत लक्की ड्र मार्फत स्केटिङ टिकट, एक्सपर्टको लोगो अंकित विभिन्न उपहारको साथमा ड्राइभिङ, बारिष्ता र हेयर ड्रेसिङ तालिमको छुट भौचर पाएका छन् । यस्तै एक जना सहभागिले लक्की ड्र मार्फत टि–२० विश्वकप क्रिकेटको लोगो अंकित नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी उपहार पाउने छन् ।


एक्सपर्टले विभिन्न समयमा अष्ट्रेलिया, युके, क्यानडा, युएसए, न्यूजील्याण्डलगायतको यस्तै प्रकारको कार्यक्रम गर्दै आइरहेको छ । आगामि अगष्ट २१ मा ती सबै देशहरुको ग्राण्ड एजुकेशन फेयर हुँदैछ । यसबाट विद्यार्थी तथा अभिभावकहरुले सिधै कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुबाट परामर्श लिन पाइरहेका छन् ।
अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० वटा देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker