४४ पटक रक्तदान गरेका रमेश नेपाल सम्मानित

रत्ननगर, असार २ ।

४४ पटक रक्तदान गरेका नेपाल बजार बिक्रि प्रतिनिधि संघका महासचिव रमेश नेपाल सम्मानित भएका छन् । विश्व रक्तदाता दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी र जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजना गरिएको कार्यक्रममा नेपाल सम्मानित भएका हुन् ।

सम्मानित भएपछी नेपालले आगामि दिनमा रक्तदान गर्दा लाग्ने खर्च आफैले व्यहोर्ने निर्णय गरेको बताए । उनले सम्मान पाएपछि खुसी व्यक्त गर्दै रक्तदान गर्दा थप खुसी मिल्ने बताए ।

ब्लड डोनर्स सोसाइटी नेपालका आजिवन सदस्य नेपाल रेडक्रस सोसाइटी नेपालको आजिवन सदस्य समेत रहेका नेपाल आफ्नो काम संगै समाजसेवामा पनि सक्रिय छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker