रत्ननगर नगरपालिकाले भोली हुने नेपाल र बङ्ग्लादेश खेल ठूलो पर्दामा देखाउने

रत्ननगर, असार २ ।

आईसीसी टी–२० विश्वकप क्रिकेटमा भोलि बिहान सवा ५ बजे नेपाल र बङ्ग्लादेश खेल्दैछन् । खेल रत्ननगर नगरपालिकाले ठूलो पर्दामा देखाउने भएको छ । रत्ननगर २ टॉडीमा रहेको नेपाल माध्यमिक विद्यालयको खेल मैदानमा ठूलो पर्दामा खेल देखाउन लागिएको मेयर प्रलाद सापकोटाले जानकारी दिए । समूह ‘डी’ को यो खेल वेस्ट इन्डिजको किङ्ग्सटाउनमा हुनेछ । नगरपालिकाले यस अघि दक्षिण अफ्रिकासँगको खेल पनि सोही ठाँउमा ठूलो पर्दामा देखाएको थियो ।

दक्षिण अफ्रिकासँग एक रनले हारेर समूह चरणबाट नै बाहिरिइसकेको नेपालका लागि भोलिको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । बङ्ग्लादेशको भने ‘सुपर–८’ मा पुग्ने सम्भवना कायमै छ ।

यदि बङ्ग्लादेशले नेपाललाई हराएमा ऊ सोझै दोस्रो चरणमा प्रवेश गर्नेछ । तर बङ्ग्लादेश नेपालसँग हारेमा समूहको अर्काे अर्थात् नेदरल्यान्ड्स र श्रीलङ्काबीचको खेलको नतिजा कुनुपर्ने हुन्छ । यो खेलमा नेदरल्यान्ड्सले श्रीलङ्कालाई ठूलै अन्तरमा हराए ऊ दोस्रो चरणमा पुग्ने सम्भावना कायमै रहनेछ ।

यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो भने श्रीलङ्कासँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । प्रतियोगितामा आज राति सवा ८ बजे फ्लोरिडामा समूह ‘ए’ का पाकिस्तान र आयरल्यान्ड खेल्दैछन् । यी दुवै टोली समूह चरणबाटै बाहिरिएका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker