रत्ननगर नगरपालिकाद्वारा अनुदानमा अटो र मिनि टिलर वितरण

रत्ननगर, असार २ ।

रत्ननगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई आधुनिक कृषि उपकरण वितरण गरेको छ । कृषि उत्पादन बढाउन र लागत मूल्य कम गर्न नगरपालिकाले सहकारी तथा कृषि समूहमार्फत किसानहरुलाई कृषि उपकरण वितरण गरेको हो ।

नगरपालिकाले हेमलिला एकीकृत कृषी फर्म रत्ननगर ९ का कृषक बसन्त राना मगरलाई धान बाली प्रवर्द्धन कार्यक्रम बाट र शिव राधिका बहुउद्देश्यीय कृषि फर्म रत्ननगर १५ लाई मकै बाली प्रवर्द्धन बाट १/१ थान ४ पाङग्रे मिनि टिलर उपलब्ध गराएको हो । नगरपालिकाले ५० प्रतिशत अनुदान वा बढिमा एक लाख १० हजार अनुदान उपलब्ध गराउने मेयर प्रलाद सापकोटाले जानकारी दिए ।

यस्तै जनप्रिय सहकारी संस्था रत्ननगर १३ लाई दुध तथा कृषि उपज ढुवानीको लागि अटो उपलब्ध गराएको छ । अटो ५० प्रतिशत वा बढीमा २ लाख अनुदान उपलब्ध गराउने गरि हस्तान्तरण गरिएको सापकोटाले बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker