सौराहामा मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा मनोविज्ञान परामर्श कार्यक्रम सम्पन्न

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं।६ बछौलीमा रहेको नेपाल रेडक्रस सोसाइटी उप–शाखा बछौलीले वडा कार्यालय ५ र ६ को सहयोगमा एक दिने मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा मनोविज्ञान परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।

सौराहामा आयोजना गरिएको परामर्श कार्यक्रम तालिममा १०० भन्दा बढि सहभागीहरूलाई मनोविद विज्ञ बिरेन्द्र पोखरेलले मानसिक स्वास्थ्य, आत्महत्या र यसको रोकथाम तथा मनोविज्ञानका बारेमा प्रशिक्षण दिएका हुन् ।

कार्यक्रममा रत्नननगर वडा नं। ६का वडाध्यक्ष किरण चौधरी , सामाजिक शाखा संयोजक एवं वडा नं। ५ का वडाध्यक्ष बालकृष्ण चापागाई , वडा सदस्यहरु बविता चौधरी, गोपी विडारी, विरेन्द्र महतो , नगरपालिकाकी महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख दिपा घिमिरे शर्मा लगायतको उपस्थितरहेको उप शाखाका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि समेत रहनु वडाध्यक्ष किरण चौधरीले मनोपरार्शका कार्यक्रमहरू वडाका सवै जनसमुदाय सम्म लान अत्यावश्यक रहेको औंल्याउँदै यस विषयमा विशेष ध्यान दिइने बताए ।

त्यस्तै रनपा ५ का वडाध्यक्ष चापागाईले पछिल्लो समयमा गाउँस्तरमा पनि विभिन्न कारणले मानिसहरू डिप्रेसनमा पर्ने, झै–झगडा गर्ने तथा पारिवारीक कलहमा फस्ने त्यहि कलहको बिउ बढ्दै गएर बालबालिकादेखि बृद्धबृद्धासम्म आत्महत्यासम्म पुग्ने गरेको भन्दै त्यसका कार्य रोक्नको लागि स्थानीय तहबाटै स्वास्थ्यकर्मी, स्वयमसेविका, विभिन्न विद्यालयका शिक्षक , विभिन्न राजनीतिक दलका नेता तथा समाजका अगुवाहरू, विधार्थी , आमा समूह, युवा समूहमा यस विषयमा प्रशिक्षित गर्न सके रोकथाम गर्न सकिने उनले बताए ।

नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका मन्त्री एवं उप–शाखा बछौलीका संस्थापक सभापति राममणी खनालले मानिसहरूमा बढ्दै गएको मानसिक समस्याका बारेमा बुझ्न रेडक्रसले गरेको यो प्रयासले सहयोग पुग्न सक्ने विश्वास व्यक्त गरे ।

प्रशिक्षक मनोविद् विज्ञ बिरेन्द्र पोखरेलले समाजमा मानिसहरू विभिन्न प्रकारका मानसिक रोगका समस्या बोकेर बसेका हुने बताउँदै उनीहरूका समस्याका बारेमा समयमै पहिचान र समाधानको उपाय खोजिए धेरैको ज्यान गुमाउनबाट बचाउन सकिने बताए ।

मनोपरामर्शको क्षेत्रमा काम गर्दै आएका पोखरेलले मनोपरामर्श तालिम अन्तरक्रिया स्थानीयस्तरसम्म र्पुयाउनुपर्नेमा जोड दिँदै मानसिक रोगलाई ख्याल–ख्याल नठान्न अनुरोध गरे । उनले यस्ता कार्यक्रमहरू निरन्तर भइरहेमा मात्र सर्वधारणले पनि मानसिक स्वास्थ्यको बारेमा थाहा पाउने र सजगता अपनाउन सक्ने बताए ।

त्यसै नगरपालिकाकी नगरपालिकाकी महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख दिपा घिमिरे शर्र्माले हेर्दा सामान्य लागे पनि मानसिक स्वास्थ्य समस्याले समाजभित्र भूसको आगो झैं फैलदै गएकोले समयमै यसको खोजीनीति र पहिचन र परामर्शको खाँचो रहेको बताउँदै यस्तो कार्यक्रम विद्यालय, बाल कल्ब, आमा समूह, टोल बिकास संस्था स्तरमा पनि सञ्चालन गर्नुपर्ने बताइन ।

उपशाखा बछौलीका सचिब मनोज चौधरीले सञ्चालन गरेको कार्यक्रमा शाखाका अध्यक्ष सुवास बिडारीको अध्यक्षतामा भएको थियो । भने सदस्य सरस्वती चालिसेले कार्यक्रमको औचित्यबारे प्रष्ट्याएकी थिन ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker