लियो क्लब अफ बालकुमारी कलेजद्वारा लागु पदार्थ दुर्वेसनी सचेतना कार्यक्रम सम्पन्न

असार २१ गते,
भरतपुर, चितवन ।
लियो क्लब अफ बालकुमारी कलेजद्वारा नारायणी नमुना माध्यमिक विद्यालय,भरतपुरमा लागु पदार्थ दुर्वेसनी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।


नारायणी नमुना माध्यमिक विद्यालय, भरतपुरमा बालकुमारी कलेजद्वारा लागु पदार्थ दुर्वेसनी सचेतना कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको अध्यक्षता लियो क्लब अफ बालकुमारी कलेजका अध्यक्ष लियो सुस्मिता घिमिरेले गर्नुभएको थियो भने प्रमुख अतिथिमा सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर थापा रहनुभएको थियो । विशिष्ट अतिथि कार्यक्रमका प्रशिक्षक सपोर्ट एन् केयर पुनःस्थापना केन्द्रका प्रमुख काउन्सिलर तथा ट्रेनर प्रकाश शाह रहनुभएको थियो । अतिथिमा सन्तोष ओस्ती रहनुभएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य प्रमुख अतिथिले दिनुभएको थियो भने कार्यक्रमको मुख्य प्रशिक्षण प्रकाश शाहले गर्नुभएको थियो । सहजीकरण सन्तोष ओस्तिले गर्नुभएको थियो सो कार्यक्रमको समापन अध्यक्ष लियो सुस्मिता घिमिरेले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन लियो कृतिका शर्माले गर्नुभएको थियो भने कार्यक्रम संयोजन लियो अनुप आचार्यले गर्नुभएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker