पृथ्वी माविमा बृक्षारोपण तथा सचेतनामुलक कार्यक्रम

कालिका । पूर्वी चितवनको कालिका स्थित पृथ्वी माविमा बृक्षारोपण तथा वातारण संरक्षण सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । इको क्लवको आयोजनामा भएको कार्यक्रमा विद्यालय हाता भित्र धुपी, निम, माँगोस्ट्रिक, चिउरी, अम्बा, कटर आदि को बिरुवा रोपिएको विद्यालयको इको क्लबका संयोजक शिक्षिका शशीकला ढकालले जानकारी दिइन्। उक्त विद्यालयको इको क्लबले वातावरण दिवस, स्काउट दिवस, धान दिवस लगायत विभिन्न दिवसहरूको उपलक्ष्यमा समुदाय केन्द्रीत कार्यक्रमहरूगर्दै आएको उनले जानकारी दिइन् । विद्यालयका प्रधानाध्यापक प्रकाश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सहप्राध्यापक द्वय सूर्यभक्ता अधिकारी र भवानी सिग्देलले वृक्षारोपण र वातावरण संरक्षणका बारेमा प्रकाश पारेका थिए । कक्षा ६ देखि १० सम्मका सदस्यहरु सरस्वती पल्ली, अनिषा श्रेष्ठ, जमुना शर्मा, जानुका शर्मा, बिना मगर, भावना पन्त लगायतले वृक्षारोपण गरेका हुन ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker