राप्तीका मेयरमाथि आक्रमणकाे प्रयास : गाडी ताेडफाेड

रत्ननगर । चितवनकाे राप्ती नगरपालिकाका मेयर शमशेर लामा माथि आक्रमणकाे प्रयास भएकाे छ । अज्ञात समुहले आइतबार राती उनी सवार सरकारी गाडी ताेडफाेड गरेकाे छ ।

राती सवा ९ बजे नगरपालिकाकाे काम सकेर गड्याैलीबाट घर तर्फ फर्किने क्रममा वडा नं २ स्थित बुद्धशान्ति मावि नजिक मेयर लामाकाे गाडीका ढुंगा प्रहार भएकाे प्रहरीले जनाएकाे छ । समुहमा आएका केहि व्यक्तिले मेयर लामाको बा २ झ ३६६६ नम्बरकाे सेतो स्कार्पियोमा आक्रमण गरेका हुन । मेयर लामाको गाडीको पछाडीको सिसा फुटेको छ ।

मेयर लामालाई भौतिक चोटपटक भने लागेको छैन । नगरपालिकाकाे कामकै सिलसिलामा गड्याैली पुगेर फर्किदै थिए मेयर लामाले भने एक्कासी गाडीमा आक्रमण भयाे, डुंगाले गाडीकाे पछाडि लागेर ज्यान जाेगियाे । जनप्रतिनिधिहरुकै बेमेलका कारण उक्त नगरपालिकामा विकासले गति लिन सकेकाे छैन् । विगत ६ महिना अघिदेखि जनप्रतिनिधिहरुले नै मेयर र उपमेयरकाे कार्यकक्षमा तालाबन्दी गरेकाे छन् ।

गत बर्षदेखि यहाँ नगर सभा र कार्यपालिका बैठक बस्न सकेकाे छैन् । विवादित बन्दै गएकाे साे नगरपालिकाका मेयर लामाकाे सुरक्षाकाे लागि जिल्ला सुरक्षा समितिले पिएसओ समेत खटाएको छ । घटना लगतै इलाका प्रहरी कार्यालय भण्डाराकाे टाेली घटनास्थलमा पुगेको थियो । गाडी अहिले नगरपालिकाको प्रशासनिक भवनमा रहेको छ । घटनाको बिषयमा प्रहरीले अनुसन्धान सुरु गरेकाे छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker