चितवनको भरतपुरमा पनि एसीसीए कोर्ष सुरु

चितवनको भरतपुरमा एसीसीए कोर्स सुरु भएको छ । एम्स चितवनले भरतपुरको हाकिमचोकमा कोर्स सञ्चालनमा ल्याएको हो ।

नेपालमा लेखा परीक्षण गर्ने जनशक्तिको आवश्यकता बढ्दै गएकाले यस्ता जनशक्ति परिपूर्तिमा सघाउ पुर्‍याउने उद्देश्यले चितवनमा पनि यो कोर्स सुरु गरिएको संस्थाका रामबहादुर कुँवरले बताउनुभयो । हाल यहाँ पहिलो ब्याचका विद्यार्थीहरुले कक्षा लिइरहेका छन् ।

केही समययता एसीसीए कोर्षप्रति युवाहरुको आकर्षण बढ्दै गइरहेको छ भने यसैलाई पेशा बनाउनेको संख्या पनि बढ्दै गइरहेको छ  ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker