चितवन खबर पत्रिकाको वार्षिकोउत्सवको अवसरमा टिसर्ट सार्वजनिक

चितवन। मोफसलको चर्चित लक्की मिडिया प्रा.लिद्वारा सञ्चालित चितवन खबर गौरवमय १२औ वर्षमा प्रवेश गरेको छ । वार्षिकोउत्सवको विभिन्न कार्यक्रम मध्ये आज (बुधबार) तारापुञ्ज रिसोर्टमा चितवन खबरले टिसर्ट सार्वजनिक  गरेको छ । तारापुञ्ज रिसोर्टमा भएको कार्यक्रममा लक्की मिडिया प्रा.लिका कर्मचारी, पत्रिका अनलाईनका पाठक एवं विज्ञापनदातालाई टिसर्ट वितरण गरिएको हो ।

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका कार्यकारी सदस्य वरिष्ठ मेडिकल अन्कोलोजिष्ट डाक्टर गुरु शरण शाहको प्रमुख आतिथ्यतामा भएको हो । उहाँले १२ वर्षमा प्रवेश गरेकोमा चितवन खबर पत्रिकालाई शुभकामना सहित आगामि दिनमा सफलताको कामना गर्नुभयो । कार्यक्रमका अतिथि युवा व्यवसायी दिपक बस्नेतले १२ औ वर्षसम्म चितवन खबर पत्रिकाले गरेका कामको प्रशंसा गर्नुभएको थियो ।

वार्षिकोउत्सवको अवसरमा चितवन खबर पत्रिकालाई चितवन प्रिन्ट हाउसले १०० थान टिसर्ट सहयोग गरेको हो । प्रिन्ट हाउसका सन्चालिका रेजिना बस्नेतले चितवनको चर्चित चितवन खबर पत्रिकालाई वार्षिकोउत्सवको अवसरमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । साथै सफलताको शुभकामना समेत दिनुभएको छ  ।

लक्की मिडियाका महाप्रबन्धक हरि कार्की ‘लक्की’को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । उहाँले  हाम्रो चितवन खबर पत्रिका र अनलाइन संस्करण र इ चितवन खबर डट कमले सयौं न्यूज पोर्टलका बीच स्वस्थ प्रतिस्पर्धा गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “हामी हाम्रा सबै प्रकाशनहरूलाई अझ सशक्त बनाउन निरन्तर लागि पर्ने छौं , आम पाठक, दर्शक, श्रोता नै हाम्रो प्रतिबद्धता र प्रेरणाका स्रोत हुन , स्वच्छ, तटस्थ, निष्पक्ष समाचार सम्प्रेषणमा बिचलित हुने छैनौं । यसका लागि सदा झैं हामीलाई सबैको साथ रहने विश्वास लिएका छौं ।” रामजी कुवरको संयोजकत्वमा भएको कार्यक्रमको सहजिकरण राजेश शर्मा आचार्यले गर्नुभएको थियो   ।

यसैबिच चितवन खबर पत्रिकाले आफ्नो वार्षिकोउत्सवको काठमाडौंमा भव्य कार्यक्रमका साथ गर्ने भएको छ । चर्चित  कलाकार एवं राजनैतिक दलका नेताहरूको उपस्थितिमा यही जेठ २७ गते कार्यक्रम हुने महाप्रबन्धक हरि कार्की ‘लक्की’ले जानकारी दिनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker