तरुणदल कालिका नगरसमिती द्वारा १ सय बिपन्न चेपाङ परिवारलाइ राहत बितरण

जेठ २५, चितवन । नेपाल तरुणदल कालिका नगर समितिले मंगलबार चितवनको सिद्धि तिन दोभानमा अति बिपन्न एक सय चेपाङ परिवारलाई राहत बितरण गरेको छ । लकडाउनको विषम परिस्थितिमा अति बिपन्न बर्गहरु रोगले भन्दा भोकले मर्न नपरोस् भनी तरुणदल कालिका नगरसमितिले चरणबद्ध रुपमा राहत बितरण गर्दै आइरहेको छ ।

पहिलो चरणमा ४० बिपन्न परिवारलाई राहत बितरण गर्न आफ्नो जन्मदिनको अवशर पारेर तरुणदलका जिल्ला सदस्य सन्तोष स्याङतानले रु २० हजारको कोष स्थापना गरेकोमा दोश्रो चरणको राहत बितरण सम्म आइपुग्दा विभिन्न राजनीतिक ब्यक्तित्वहरुको सहयोगमा एकैपटक १ सय बिपन्न चेपाङ परिवारलाई राहत बितरण गरिएको हो।

कालिका नगरपालिकाको वडा नं १० र ११ का अति बिपन्न १ सय चेपाङ परिवारहरुलाइ गरीएको राहत बितरणको अनौपचारिक कार्यक्रममा नेपाल तरुणदल चितवनका पुर्व जिल्ला अध्यक्ष रामकुमार श्रेष्ठ, जिल्ला सचिव प्रह्लाद उप्रेती, पुर्व जिल्ला सचिव आनन्द राउत, जिल्ला प्रबक्ता हेमन्त बास्तोला ” बिश्व “, तरुणदल कालिकाका अध्यक्ष कमलराज मुक्तान , उपाध्यक्ष टंक थिङ, प्रदिप श्रेष्ठ , सचिव दिवश मगर, नेपाली काङ्ग्रेस महाधिबेशन प्रतिनिधि नरजङ्ग प्रजा महेन्द्र, नेबि. संघ जिल्ला सह सचिव अशोक स्याङतान, महिला नेतृ निरुजा श्रेष्ठ, कालिका ११ का वडा सभापती प्रेम प्रजा, युवानेताहरु कृष्ण भुजेल, केशव तिवारी, स्वरुप गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

कोभिड १९ का कारण राहत बितरण गर्दा भिडभाड बढी हुने र संक्रमणको जोखिम बढ्न सक्ने भन्दै कालिका तरुणदलले बिपन्न परिवारको घरमै राहत पुर्याइदिनका लागि वडा नं १० मा नरजङ्ग प्रजा महेन्द्र र वडा नं ११ मा प्रेम प्रजालाइ जिम्मेवारी दिएको छ ।

तरुणदल कालिकाका अध्यक्ष कमलराज मुक्तानले चेपाङ समुदायमा बिपन्न बर्गका परिवार खोजी गर्दै जाँदा अझै सयौँ परिवारहरु भेटिएकाले अहिलेको राहत बितरणमा सबैलाइ समेट्न नसकिएको हुँदा अब छिट्टै तेश्रो चरणको बितरण अभियानमा सबै चेपाङ समुदायलाइ समेट्ने बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker