नेपाल पत्रकार महासंघ चितवन शाखाको छ दिनमा तीन भ्रमण, सात कार्यक्रम

चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाले ६ दिनको अवधिमा तीन वटा भ्रमणसँगै सात वटा कार्यक्रम सम्पन्न गरेको छ । महासंघका सदस्यका लागि काठमाण्डौं, पोखरा र गोरखा भ्रमणसँगसँगै कार्यक्रम गरिएको हो । महासंघले फागुन १८ र १९ गते काठमाण्डौं र धुलिखेलमा युवा पत्रकारहरुका लागि भ्रमणसँगै अन्तक्र्रिया कार्यक्रम गरेको हो । फागुन १९ र २० गते महिला पत्रकारका लागि पोखरा र कास्कीको धम्पुसमा भ्रमणसँगै अन्तक्र्रिया कार्यक्रम गरेको हो । जिल्लाका अग्रज पत्रकारहरुका लागि गोरखाको बारपाक, भच्चेक, लिगलिगकोट लगायतका क्षेत्रमा भ्रमण एवं अन्तक्र्रिया गरेको हो ।

युवा पत्रकारहरुको संयोजन गर्नुभएका महासंघका सचिव दीपेन्द्र अधिकारीका अनुसार काठमाण्डौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी सहितको उपस्थितिमा महानगरपालिकामा विकास र सञ्चार सम्बन्धी अन्तक्र्रिया गरिएको हो । सोही टोलीले धुलिखेलमा पत्रकार आचारसंहिता सम्बन्धी अन्तक्र्रिया गरेको छ । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, गोरखापत्र संस्थानका महाप्रबन्धक लाल ऐरी, महासंघ काभ्रे शाखा अध्यक्ष बद्री तिमिल्सिना को उपस्थितिमा चितवन र काभ्रेका पत्रकारसँग अन्तत्र्रिया गरिएको हो ।

अधिकारीका अनुसार पत्रकारको टोलीले राष्ट्रिय समाचार समिति, रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र संस्थान, नागरिक दैनिकको कार्यालय अवलोकन गरी प्रकाशन र प्रसारण प्रक्रियाका बारेमा जानकारी लिएको थियो । टोलीमा ३२ जना क्रियाशील पत्रकार सहभागी हुनुहुन्थ्यो । पत्रकार महिलाहरुको भ्रमण संयोजक महासंघका उपाध्यक्ष प्रमिता ढकालका अनुसार टोलीले पोखरा महानगरपालिकाको अवलोकन र अध्ययन गरेको थियो । महासंघको कास्कीको आतिथ्यतामा प्रविधिमैत्री सञ्चारमा महिलाको भूमिका विषयक कार्यक्रममा सहभागी भएको थियो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री हरिबहादुर चुमानको उपस्थितिमा कास्की शाखा अध्यक्ष विमला भण्डारी, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारती लगायतको उपस्थितिमा कार्यक्रम भएको हो ।

महासंघको महिलाहरुको टोलीले माछापुच्छे«े गाउँपालिकाका जनप्रतिनिधिसँग पर्यटन सम्बन्धी अन्तक्र्रिया समेत सम्पन्न गरेको ढकालले जानकारी दिनुभयो । यससँगै कास्की जिल्लाका पर्यटकीय गन्तव्यहरुमा महासंघको टोलीले अध्ययन अवलोकन गरेको छ । टोलीमा २९ जना पत्रकार महिला सहभागी हुनुहुन्थ्यो । अग्रज पत्रकारहरुको संयोजन गर्नुभएका महासंघका उपाध्यक्ष प्रकाशमणि ज्ञवालीका अनुसार फागुनको २२ र २३ गते गोरखाका विभिन्न पर्यटकीय गन्तव्यहरुको अवलोकन र अन्तक्र्रिया गरिएको छ ।
टोलीले बि.सं. २०७२ सालको बिनासकारी भूकम्पको केन्द्रविन्दु बारपाकमा विपत सम्बन्धी अन्तक्र्रिया गरेको छ । भरतपुर महानगरपालिकाको आयोजना र महासंघको संयोजनमा भएको कार्यक्रममा अग्रज पत्रकार दीपक आचार्यले विपत्बाट जोगिने उपायका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा स्थाानीय पर्यटन व्यवसायी जीतबहादुर घलेले भूकम्पले पारेको असर र पर्यटन सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।
सुलिकोट बारपाक गाउँपालिकासँग त्यहाँको पर्यटन सम्बन्धी अन्तक्र्रिया समेत गरिएको छ । पालिकाको कार्यालयमा आयोजित अन्तक्र्रियामा पालिका अध्यक्ष विष्णु भट्टले त्यहाँको पर्यटकीय, ऐतिहासिकसँगै विकासका बारेमा जानकारी गराउनु भएको थियो । टोलीले अजिरकोट गाउँपालिकाको भच्चेकमा पर्यटकीय गतिविधि बारे अन्तक्र्रिया गरेको थियो । पालिका अध्यक्ष दीपक देवकोटाले त्यहाँको पर्यटकीय महत्व र पालिकाले गरेका कार्यहरुका बारेमा प्रकाश पार्नुभएको थियो । यससँगै लिगलिगकोटको अध्ययन कार्यक्रम गरेको ज्ञवालीले जानकारी दिनुभयो ।

गोरखाको अध्ययन कार्यक्रममा नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटाले सहजीकरण गर्नुभएको थियो । भ्रमणमा महासंघ चितवनका पूर्व अध्यक्षहरुसहित अग्रज पत्रकारहरुको उपस्थिति रहेको थियो । महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले भरतपुर महानगरपालिकासँग सहकार्य गरेर कार्यक्रम गरिएको बताउनुभयो । सो क्रममा काठमाण्डौं महानगरपालिका, पोखरा महानगरपालिका, कास्कीको माछापुच्छे«े गाउँपालिका, गोरखाको सुलिकोट बारपाक गाउँपालिका, अजिरकोट गाउँपालिका र चितवनको ईच्छाकामना गाउँपालिकाले सहजीकरण गरेको उहाँले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ केन्द्र, काभ्रे शाखा, कास्की शाखा र गोरखा शाखाले पनि यो अध्ययन अवलोकन कार्यक्रममा सहकार्य गरेको अधिकारीले बताउनुभयो । शाखाका सबै सदस्यका लागि पहिलो पटक यस किसिमको कार्यक्रम गरिएको हो । यसले पत्रकारहरुलाई क्षमता अभिबृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको अधिकारीको भनाई छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker