रत्ननगर महोत्सव २०७६ को आयव्यय सार्वजनिक

चितवन १४ साउन । रत्ननगर उद्योग बाणिज्य संघले रत्ननगर महोत्सव २०७६ को आयव्यय सार्वजनिक गरेको छ । संघले बुधवार एक प्रेस विज्ञप्ती मार्फत आयव्यय सार्वजनिक गरेको हो । रत्ननगर महोत्सवको १० औं संस्करण २०७६ पौष २५ देखि माघ ११ गते सम्म सञ्चालन भएको थियो ।

चितवनको समग्र आर्थिक विकासमा योगदान गर्ने उद्देश्यका साथ आयोजना गरिएको सो महोत्सवमा ८४ लाख २६ हजार ७७४ रुपैया आम्दानी भएको र ७३ लाख ८२ हजार २१३ रुपैया खर्च कटाएर महोत्सवबाट १० लाख ४४ हजार ५६० रुपैया नाफा भएको संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए ।

महोत्सबमा भएको आम्दानी संघको सचिवालय व्यवस्थापन र सामाजिक क्षेत्रमा खर्च गरिने छ । महोत्सवमा भएको आम्दानीको केही हिस्सा वालश्रम न्यूनीकरण,अनाथहरुलाई शिक्षा तथा सामाजमा सकारात्मक प्रभाव पर्ने सामाजिक विकासका कामहरुमा खर्च गरिने अध्यक्ष रेग्मीले बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker