सौराहाचोक स्थित सगरमाथा मोबाईल हाउसमा चोरी

रत्ननगर : सौराहाचोक स्तिथ सगरमाथा मोवाईल पसल गएराती चोरि भएको छ । चोरले नया र पुराना गरि करिब ५५/६० वटा मोबाईल सहित नगद र रिचार्ज कार्ड चोरेको सगरमाथा मोबाईलका संचालक शंकर पौडेलले जानकारी दिएका छन । मर्मतका लागि आएका एप्पलको आईफोन लगायत अन्य महंगो मुल्य पर्ने बिभिन्न ब्राण्डका मोबाइल सेटहरु सबै चोरी भएका छन । चोरी बाट लगभग २० लाख बराबरको क्षति भएको पौडेल बताउछन ।

सिसि क्यामेरामा चोरको अनुहार प्रष्ट कैद भएको देखिन्छ । अन्दाजी १७ देखी १९ बर्षको देखिने उक्त चोरले सटरको माथिल्लो भाग भाग बाट प्रवेस गरि जिप्सन काटी पसलमा छिरेर करिब १ घन्टाको समय बिताएर छानी छानी सामान चोरी गरेको सिसिक्यामेरामा देख्न सकिन्छ ।

https://www.facebook.com/chitrawanonlinechitwan/videos/550965868896733/

रत्ननगरमा चोरिको घटना बढ्नु गम्भीर भएको साथै यस प्रती प्रशासनले हर तरहबाट अनुशन्धान गर्ने इलाका प्रहरी कार्यलयका प्रमुख डिएसपी रबिन कार्कि बताउछन ।

लकडाउनको मौका पारेर सुरक्षित मानिएका स्थानहरुबाटै यसरी चोरीको घटना घट्नुले स्थानिय त्रसित संगै चिन्तित बनेका छन ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker