युवामैत्री स्थानीय शासनका लागी भरतपुर महानगरले राख्यो पैरवी कार्यक्रम

आशिष अधिकारी
भरतपुर १३,बैशाख

भरतपुर महानगरपालिकाले युवामैत्री स्थानीय शासनका लागी युवाका सवालमा पैरवी कार्यक्रम गरेको छ । युवाहरुलाइ लक्ष्यित गर्दै महानगरले युवाका सवालमा देखिएका समस्या,चुनौती र समाधानका उपायहरुमा एक दिने पैरवी कार्यक्रम गरेको हो । भरतपुर महानगर युवा सन्जालको समन्वयमा भएको कार्यक्रममा एक सय भन्दा बढी युवा युवतीहरुको सहभागिता रहेको थियोे ।

कार्यक्रमका प्रमुख अतिथी नगर उप प्रमुख चित्रसेन अधिकारीले युवाहरुको ब्यबस्थापन गर्नु आजको चुनौती भएको टिप्पणी गर्नुभयो ।
युवाहरू रोजगारीको शिलशिलामा वा उच्च शिक्षा हासिल गर्ने सवालमा दैनिक ठुलो मात्रमा बिदेशीने क्रम बढ्दा देश युवा बिहिन भएकोमा दुख व्यक्त गर्नुभयो ।


युवाका मुद्दाहरुलाइ समयमा नै किनारा लगाउन सकिएन भने देशले दीर्घकालीन रुपमा यसको असर खेपिरहन पर्ने अवस्था आउछ उप प्रमुख अधिकारीले भन्नुभयो,यसले देशको समग्र बिकासलाइ ५० बर्ष पछाडी धकेल्नेछ ।

नगर उप प्रमुख अधिकारीले राज्यको नीति निर्माण तहमा युवाको समान पहुँच स्थापित गर्नुका साथै स्थानीय तहमा युवामैत्री शासन सञ्चालन गर्न आवश्यक रहेको समेत प्रष्ट पार्नुभयो । उहाँले युवाको सवालमा स्थानीय सरकार बढी जिम्मेवार भएको पनि प्रष्ट पार्नुभयो । साथै उहाँले राज्यका तिनै तहका सरकारले युवामैत्री शासन सञ्चालन गर्न व्यावसायिक योजना बनाउनुपर्नेमा पनि जोड दिनुभयो।

युवा मैत्री स्थानीय शासनसम्बन्धी हालसम्मका उपलब्धि, सिकाइ र भावी कार्यदिशाबारे पनि कार्यक्रममा छलफल भएको छ ।
कार्यक्रममा नेपालमा युवा सम्बन्धि संबैधानिक तथा नितिगत ब्यबस्थाको बारेमा भरतपुर महानगरपालिकाका नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।
कार्यक्रम भरतपुर महानगरका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र कुमार रानाको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker