कोरोना नियन्त्रणमा आयुर्वेदको भूमिका महत्वपूर्ण

रत्ननगर ३० असार
पूर्वी चितवनको रत्ननगरमा मंगलवार कोरोना नियन्त्रणमा आयुर्वेद चिकित्सा पद्धतीको भूमिका विषय अन्र्तक्रिया कार्यक्रम गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरले आयोजना गरेको सो कार्यक्रममा जनप्रनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले आयुर्वेद चिकित्सा पद्धती र औषधिको महत्व बुझाउन प्रचार प्रसारको आवश्यकता रहेको बताएका थिए । आयुर्वेद चिकित्सा पद्धतीको महत्व उत्तीकै रहेको भन्दै उनीहरुले यसको संरक्षणमा सरकार गम्भीर हुनुपर्ने बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सांसद घनश्याम दाहालले आयुर्वेद चिकित्सा पद्धती र औषधिको महत्वको विषयमा दुर्गम भेगमा जनचेतना फैलाउनु पर्ने बताए । प्रदेश सरकारले आयुर्वेद चिकित्सा पद्धतीको विकासका लागि महत्व दिएको भन्दै उनले यसको प्रयोग बढाउन प्रचार प्रसार आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रदेश सांसद विजय सुवेदीले आयुर्वेद औषधि एलोपेथिक औषधिको तुलनामा धेरै उपयुक्त रहेको भन्दै उनले यसको संरक्षणमा राज्य गम्भिर हुन आवश्यक रहेको बताए ।
रत्ननगरका मेयर नारायण वनले आयुर्वेद प्रतिको जनविश्वास कम हुुनु राम्रो विषय नभएको बताए । उनले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आवश्यक रहेको ल्याव सेवा सञ्चालनको लागि प्रयास गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा केन्द्रकी प्रमुख डाक्टर कोपिला अधिकारीले केन्द्रले प्रदान गरिरहेको सेवा,आयुर्वेदिक औषधिको प्रयोगले हुने फाइदा र कोरोना नियन्त्रणमा आयुर्वेदिक औषधिको भूमिकाको विषयमा प्रकास पारेकी थिइन ।
कार्यक्रममा सहभागी जनप्रतिनिधि र पत्रकारहरुलाई केन्द्रले रोग प्रतिरोधात्मक क्षमता बढाउन अश्वगन्धा र तुलसी चियापत्ती वितरण गरिएको थियो । कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल सहित वडाध्यक्ष,कार्यपालिका सदस्य तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
केन्द्रका डा.देवेन्द्र यादवले सञ्चालन गरेको सो कार्यक्रममा बरिष्ठ बैद्य हुमाकुमारी ज्ञावलीले कार्यक्रमको उद्देश्यको बारेमा प्रकास पारेकी थिइन ।

 

Chat Conversation End
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker