इश्वरभुमि सहकारी पाइलेको पाचौं साधारणसभा सम्पन्न

सुनौलो संबाददाता
चरिकोट ।दोलखाको  बैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेमा रहेको इश्वर भुमि बचत तथा ऋण सहकारी संस्थाको ५औ बार्षिक साधारणसभा सनिवार सम्पन्न भएको छ।सहकारीसाधारणसभा संस्थाका अध्यक्ष सुबास बस्नेतको अध्यक्षयतामा सम्पन्न भएको हो। साधारणसभामा संचालक समितीको प्रतिवेदन सचीव मन्दिर भण्डारीले प्रस्तुत गरेकी थिइन्।त्यसैगरी साधारणसभामा सहकारीको आर्थिक वर्ष २०७६|०७७ को प्रगति विवरणको आर्थिक प्रतिवेदन संस्थाका कोष अध्यक्ष ढाल बहादुर बस्नेत ४२ लाख ९६ हजार एक सय ८४ रुपैयाँ बराबरको प्रतिवेदन प्रस्तुत गरेका थिए।सहकारीको सेयर पुर्जी ३ लाख १६ हजार सात सय रुपैयाँ पुगेको छ।त्यसैगरी संस्थाको नाफा १ लाख ३२ हजार,तीनसय रहेको छ।सदस्य संख्या ३३२ जना र बालसदस्य ३०जना गरि तीन सय ६२ जना आवद्ध रहेर बचत ऋणको कारोबार गर्दै आएका छन्।साधारणसभा बैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेका कार्यबाहक वडा अध्यक्ष कमल अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker