ताप्लेजुङमा पाँच वर्षीय बालकले लाइटर खेलाउने क्रममा भिषण आगलागी,

काठमाडौ । सिरिजङ्घा गाउँपालिका–१ सिनाममा आगलागीबाट चार जननका घर जलेर नष्ट भएका छन् । आज दिउँसो भएको आगलागीबाट सिनामको पञ्चमी बजार नजिकैका दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीका घर जलेर नष्ट भएका हुन् ।

आगलागी भएको र पूर्णरुपमा जलेर नष्ट भएको स्थानीयवासी भीम थेबेले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा आएको छ ।

घरमा रहेको पाँच वर्षीय बालकले आगो सल्काउने लाइटर खेलाउने क्रममा आगलागी भएको भनिए छ । आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ । पीडित परिवार आगलागी भएको क्षेत्रमा पाल टाँगेर बसेका छन् । आगलागीबाट भएको क्षतिको एकिन विवरण भने आइनसकेको जनाइएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker