मुस्लिम गायक अलिफ खानको गीत रेकर्ड गर्ने सपना पुरा भयो । अर्जुन पोखरेलले २ वटा गीत गाउन दिए (भिडियो हेर्नुस)

गायक बन्ने सपना बोकेर १० बर्ष अघि काठमाडौं आएका अलिफ खानले यस क्षेत्रमा धेरै सँघर्ष गरे । सुरुमै ठगिएपछि कहिले दोहोरीमा पछाडि बसेर बजाउँदै, कहिले लेवर काम गर्दै उनले सँघर्ष जारी राखे ।

४ महिनासम्म बिस्कुट चाउचाउ खाएर बसेनन कि, सडक पेटीमा सुतेनन कि । अब हुन्न भनेर बिदेश जाने सुर गरेका अलिफ यतिबेला एक्कासी चर्चामा छन् । मिजासिलो स्वभाव र निकै नै मिठो स्वर भएका अलिफले शिशिर भण्डारीसँगको भेटमा फोटो फिरिममा गीत पनि सुनाए ।

निकै सुमधुर आवाजका धनी अलिफ रत्नपार्कतिर भौतारिरहँदा मिडियाले उनलाई फेला पारे । उनको बिशेष त लोक गीत सुनिसकेपछि सारा नेपालीले उनलाई धेरै माया दिए ।

मुस्लिम धर्म मान्ने अलिफलाई धेरैले मुस्लिम भएर नाच गान गर्ने हैन भने तर उनले आफ्नो कला मार्न सकेनन् । यसैबिच, मुस्लिम गायक अलिफ खानको गीत रेकर्ड गर्ने सपना पुरा भयो । अर्जुन पोखरेलले २ वटा गीत गाउन दिए (भिडियो हेर्नुस)

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker