बैतडीकी भागरथी भट्टको ब,लात्कार पछि यसरी हत्या गरिएको रहेछ, प्रहरीले यस्तो क्लु पत्ता लगायो (भिडियो सहित)

बैतडीको दोगडाकेदार गाउँपालिका-७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्ट सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढि्थन् । घरबाट स्कुल पुग्न झण्डै एकघण्टा जंगलको बाटो हिँड्नुपर्छ ।

यद्यपि स्कुल जाँदा-आउँदा साथीहरु हुन्थे ।बुधबार २ बजे पढाइ सकेर उनी स्कुलबाट हिँडिन् । तर, अरु दिनजस्तो उनी घर पुगिनन् । स्कुलबाट छुटेका साथीहरुले हामी कपाल काटेर आउँछौं, तिमी हिँड्दै गर भनेका थिए ।

घटनास्थलको प्रकृति र शवको प्रकृतिका आधारमा प्रहरीले उनको बलात्कारपछि ह’त्या भएको निष्कर्ष निकालेको हो । श’वको पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी छ ।घटनाको केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ

केन्द्रीय अनुसन्धान ब्युरोको टोली कञ्चनपुरबाटै बैतडी गएको हो । सो टोलीले कञ्चनपुरमा रहेर निर्मला पन्त हत्याकान्डको अनुसन्धान गर्दै आएको थियो । तल भिडियोमा सम्पूर्ण जानकारी हेर्नुहोला ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker