रवि लामिछाने पुगे भागरथिको घरमा | चुप लागेर बस्दनौ भन्दै उत्रिए सडकमा, भागरथिलाई न्याय दिलाउछु

हिजो मात्रै फेसबुकमा स्टाटस लेखेर बैतडी हिडेका चर्चित पत्रकार रबि लामिछाने आज भागरथी भट्टको घरमा पुगेका छन। भागरथीको परिवारलाई भेटेपछि मन खिन्न गर्दै गाउलेहरुसंगै सडकमा उत्रिएका छन। उनले आफुले संचारकर्मीबाट हुने पहल गर्ने बाचा समेत गरेका छन। यो घटना निर्माला पन्त जस्तो हुन् नदिने र अपराधीलाई छिटो भन्दा छिटो कारबाही गरे भन्दै सडकमा आवाज उठेका छन। रबि भन्छन अरू केहिपनि जान्दैनौं,न्याय नपाई मान्दै मान्दैनौं।

बैतडीको दोगडाकेदार गाउँपालिका-७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्ट सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढि्थन् । घरबाट स्कुल पुग्न झण्डै एकघण्टा जंगलको बाटो हिँड्नुपर्छ । यद्यपि स्कुल जाँदा-आउँदा साथीहरु हुन्थे ।बुधबार २ बजे पढाइ सकेर उनी स्कुलबाट हिँडिन् । तर, अरु दिनजस्तो उनी घर पुगिनन् । स्कुलबाट छुटेका साथीहरुले हामी कपाल काटेर आउँछौं, तिमी हिँड्दै गर भनेका थिए । हुन्छ भनेर हिँडेकी उनी घर नआएपछि आमा द्रोपतीले हारगुहार गरिन्, खोजीमा जुटिन् । तर, भागरथीको अत्तोपत्तो भएन ।

भोलिपल्ट बिहीबार स्कुलबाट फर्किएकाहरुले लबलेक सामुदायिक वनमा बनमारा झाडी माडिएको देखे । भागरथी हराएको थाहा पाएका उनीहरुले गाउँलेलाई खबर गरे । गाउँ नजिकै रहेको प्रहरी चौकीबाट प्रहरीहरु पनि पुगे । प्रहरीका अनुसार सडकबाट झण्डै ५० मिटर तल झाडीमा भेटिएकी भागरथीको टोउकोमा चोट लागेको छ, घाँटीमा थिचेर हत्या गरेको जस्तो देखिने मार्क छ भने हातमा कोतरिएको छ । यौनाङ्गमा रगत बगेको समेत पाइएको छ ।

प्रहरीले भागरथीको पनि बलात्कारपछि हत्या भएको देखिन्छ भनेको छ र, यसबारे यकिन गर्न भेजाइनल स्वाबलगायत आवश्यक नमुना परीक्षण गर्ने तयारी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक धामीका अनुसार शनिबार जिल्ला अस्पतालमा भट्टको पोष्टमार्टम गरिएको छ । रिपोर्ट आउन केही दिन लाग्छ । अहिले सुदूरपश्चिमबाट एसएसपी जनकराज पाण्डे बैतडी पुगेका छन् भने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट पञ्चकुमार बाखुको टोली पुगेको छ । बाखु निमर्ला पन्त हत्या प्रकरणको अनसन्धानका लागि पछिल्लो समय कञ्चनपुरमा थिए । बैचडीमा भागरथीको हत्या भएको खबर आएपछि उनलाई नै पठाइएको हो ।

घटनास्थलमा लगिएको प्रहरीको तालिम प्राप्त कुकुरले भागरथीको मोबाइल पनि भेट्टाएको छ । तर, अहिलेसम्म घटनामा संलग्न भएको आरोपमा कोही पक्राउ परेका छैनन् । ‘घटनालाई गम्भीरतापूर्वक अनुसन्धान होस् भनेर भनेकाघटनालाई गम्भीरतापूर्वक अनुसन्धान होस् भनेर भनेका छौं’ गाउँपालिका अध्यक्ष कार्की भन्छन्, यो यति विभत्स घटना छ कि दोषीलाई मृत्युदण्ड पनि कम हुन्छ ।’भिडियो सहित:

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker