भागरथी बलात्कार र हत्या आरोपमा सहपाठी प क्राउ, भीरबाट लडाइदिएर घाइते अवस्थामा बला’ त्कार गरेको बयान

काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको ब ला’ त्कार र ह’ त्या गरेको आ रोपमा प्रहरीले उनकै सहपाठीलाई पक्रा’ उ गरेको छ । भागरथीको छिमेकीसमेत रहेका उनलाई बुधबार सार्वजनिक गर्ने तयारी छ । घटनाको १३औँ दिन प्रहरीले उनलाई प’ क्राउ गरेको हो । आ रोपी युवाले सुरुमा भागरथीलाई सानो भीरबाट ल’ डाइदिएको र घाइते अवस्थामा बला’ त्कार गरेको बयान दिएको प्रहरी स्रोतको दाबी छ । भागरथीको बला त्कारसमेत भएको पो स्टमा र्टम रिपोर्टले पुष्टि गरिसकेको छ ।

‘आरोपी भागरथीका छिमेकी तथा सहपाठी हुन्, सो दिन विद्यालयबाट फर्किँदा बाटोमा ब ला त्कार तथा ह’ त्या गरेको उनले स्विकारेका छन् । बुधबार उनलाई सार्वजनिक गर्दै छौँ,’ सुदूरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले मंगलबार राति नयाँ पत्रिकासँग भने । स्थानीय सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथी २१ माघमा विद्यालयबाट फर्किँदा सम्पर्कविहीन भएकी थिइन् । अर्को दिन स्थानीय लवलेक जंगलमा उनको श’ व भेटिएको थियो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका ती युवकले अभियोग स्विकारेका छन् । यति ज घन्य अप’रा’धमा पक्राउ परेका आरोपीले बदला लिन यो घटना गराएको बहाना बनाएका छन् । ‘छिमेकी दुई परिवारबीचमा पुरानो रिसइबी देखिन्छ, भागरथीका बाबुको पालाको प्रतिशोध लिन छोरीलाई बला’ त्कार गरेको बयान आरो पीले दिएका छन्,’ अनुसन्धानमा आबद्ध एक अधिकृतले भने ।

अन्य परिस्थितिजन्य प्रमाणले पनि उनको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ । तर, उनलाई पक्राउ नगरी प्रहरीले केही दिन निगरा नीमा मात्र राखेको थियो । उनीविरुद्ध पर्याप्त प्रमाण भेटिएपछि पक्राउ गरिएको स्रोत बताउँछ । भागरथीको ब’लात्का रपछि ह’ त्या भएको विरोधमा स्थानीय विद्यार्थीले गरेको प्रदर्शनमा आरोपी पनि सहभागी हुँदै आएका थिए । ‘समाजमा उनको पृष्ठभूमि न कारात्मक थियो, त्यसैले बसाइँ सरेर एक किलोमिटर पर गएका थिए,’ भागरथीका काका शिवराजले भने, ‘यो घट नालगत्तै त्यो केटो डरा’ एको देखिन्थ्यो, ऊ आफैँ संलग्न थियो अथवा उसले केही देखेको थियो भन्नेमा हामी ढुक्क थियौँ । आज त उसले साबिती बयान दिएको सुन्यौँ ।’

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिमका प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदी १० दिनदेखि घटनास्थल बैतडीको दोगडाकेदार गाउँमै छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०बाट समेत डिएसपीको कमान्डमा प्रहरी टोली खटिएको छ ।

निर्मला पन्त प्रकरणमा असफलताले गर्दा प्रहरी दबाबमा थियो । अहिले पनि १३ दिनसम्म दोषी पक्राउ नपर्दा प्रहरीको क्षमतामाथि प्रश्न उठिरहेका छन् । प्रहरी अनुसन्धानमा शंका गर्दै पीडित परिवारले अहिलेसम्म श’ वसमेत बुझेका छैनन् । तर, प्रहरीले भने शु कास्पदलाई पक्राउ गरेर सोध्नेभन्दा पनि प्रमाण संकलन गरेर अभियुक्तलाई घेर्ने नीति लिएको र त्यसमा सफल भएको दाबी गरेको छ ।

भागरथी ह’ त्याको १३औँ दिन पनि बैतडीका विभिन्न ठाउँमा आन्दोलन जारी रह्यो । विद्यार्थीले जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गर्दै दियो बालेर विरोध जनाए । त्यस्तै, दोगडाकेदार गाउँपालिकामा निरन्तर प्रदर्शन हुँदै आएको छ । स्थानीयले तीन दिनदेखि घन्टी जुलुस गर्दै आएका छन् । नयाँ पत्रिकामा खबर छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker