भीरबाट लडेर दुई जनाको मृत्यु

विराटनगर । सोलुखुम्बु र उदयपुरमा भीरबाट लडेर दुई जनाको बिहीबार मृत्यु भएको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ५ का २८ वर्षीय सिताराम बस्नेतको मृत्यु भएको हो ।

उनको स्थानीय उत्तिसे भिरबाट लडेर मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यस्तै, उदयपुरको कटारी नगरपालिका ८ मरुवाखानीकी २९ वर्षीया गिता बिकको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ ।

मरुवाखानीको जंगलमा घाँस काट्ने क्रममा भीरबाट लडेर उनको घट्नास्थलमै मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker