बेलिब्रिज बनाउने क्रममा लडेर कामदारको मृत्यु

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका ६ रानीपुलमा बेलिब्रिज बनाउने क्रममा लडेर एक जना कामदारको मृत्यु भएको छ । बाराको सिमराका २६ वर्षीय श्याम सुन्दर चौधरीको मृत्यु भएको हो ।

बेलिब्रिजमा काम गर्ने क्रममा अचानक चिप्लिएर लडेकोपछि बेलिब्रिजको फलामले किचिएर उनको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी ताप्लेजुङले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker