
विराटनगर । विराट नर्सिङ होम अगाडि औषधी पसल सञ्चालन गरेका दुई दुई जना पसलेलाई जिल्ला प्रहरी मोरङले बिहीबार पक्राउ गरेको छ । गोलबजार फार्मेसीका सञ्चालक जितेन्द्र महतो र पश्चिमबासी फार्मेसीका सञ्चालक रविन्द्र महतोलाई पक्राउ गरेको हो ।
दुबै जनालाई औषधिको बढी बिलिङ गरेको आशंकामा अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनु भयो ।
२६ दिन विराट नर्सिङ होममा उपचार गराएका बिरामीका परिवारजनलाई ४ लाख ५५ हजारको औषधीको बील दिएको थियो । औषधीको बढी बिलिङ गरेको उजुरी दिएपछि सञ्चालक महतोलाई नियन्त्रणमा लिएको राईले बताउनु भयो ।
यस्तै, आरोप रविन्द्रमाथि पनि रहेकाले दुबै जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको र अनुसन्धानबाट बढी बिलिङ भएको प्रमाणित भए कारबाही हुने राईले बताउनु भयो ।