मोरङमा एक व्यक्तिको सुतेकै स्थानमा विभत्स हत्या

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ लोचनीमा एक व्यक्तिको सुतेकै ओछ्यानमा नै हत्या भएको छ । स्थानीय ४० वर्षीय विष्णु ऋषिदेवको धारिलो हतियार प्रहार गरि हत्या भएको हो ।

घरमा एक्लै बस्दै आउनुभएका ऋषिदेवको विभत्स हत्या भएको शव विहान फेला परेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) मानबहादुर राईका अनुसार ऋषिदेवको घाँटीमा धारिलो हतियार प्रहार गरेको देखिन्छ ।

उहाँका अनुशार प्रहरी घटनास्थल पुग्दा घरभित्र खाटमा लडिरहेको शव भेटिएको थियो भने घटनास्थल रगताम्य थियो । स्थानीयका अनुसार गछिया खोला छेउको ऐलानी जग्गामा झुप्रो घरमा एक्लै बस्ने ऋषिदेवकी श्रीमतीको मृत्यु भइसकेको र छोराछोरी पनि घरबाहिर नै बस्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

दैनिक ज्यालामजदुरी गर्ने ऋषिदेव आज पनि ढिलोसम्म काममा ननिस्किएपछि बोलाउन गएका साथीहरुले घरभित्रै शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान भइरहको जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker