
विराटनगर । घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा विराटनगर महानगरपालिका १२ बखरीस्थित मंगलबारे टोलबाट प्रहरीले मदिरा र मदिरा बनाउने भाँडा बरामद गरेको छ ।
गैह्र कानुनी रूपमा घरेलु मदिरा बनाउने कार्य भईरहेको सूचनाका आधारमा आज वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको टोलीले एक सय लिटर मदिरा , कच्चा पदार्थ र भाडाहरु बरामद गरेको हो ।
बरामद मदिरालगायतका सामग्री आन्तरिक राजश्व कार्यालयका प्रतिनिधी, विराटनगर महानगरपालिका वडा १ कार्यालयका प्रतिनिधी र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी कर्मचारीको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।