कालोबजारी गर्ने व्यवसायी पक्राउ

विराटनगर । स्वास्थ्य सामग्री कालोबजारी गर्ने एक व्यवसायीलाई प्रहरीले आज पक्राउ गरेको छ । विराटनगर ७ कोशी अस्पताल अगाडिको अधिकारी फार्मेशीका सञ्चालक भुपेन्द्रनाथ अधिकारीलाई पक्राउ गरेको हो ।

 

अधिकारीले ६ हजार ८८० पर्ने फेससिशल्ड ८ हजार ५ सयमा बिक्री गर्दै आएकाले नियन्त्रणमा लिई कालोबजार एवं केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को कसूर अन्तर्गत कारवाही प्रकृया अघि बढाएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker