नाईजेरियामा करिब १ सय ५० विद्यार्थीको अपहरण

नाइजेरियाको एक स्लामिक विद्यालयमा अध्ययनरत करिब १ सय ५० जना विद्यार्थी अपहरणमा परेका छन्। नाजेरियाली अधिकारीका अनुशार बन्दुकधारी समूहले विद्यार्थीहरुको अपहरण गरेको हो ।

मोटरसाइकलमा आएका अपहणकारीहरुले बन्दुक चलाउँदै मानिसलाई त्रसित बनाएर विद्यालयमा प्रवेश गरेका थिए । उनीहरुले चलाएको अन्धाधुन्ध गोली लागेर दुई जनाको मृत्यु भएको छ। उनीहरुको पहिचान भने खुलाइएको छैन ।

त्यस विद्यालयमा भने ८ देखि १८ वर्षका विद्यार्थी थिए। नाइजेरियाको उत्तरी राज्यहरुमा पछिल्लो समय विद्यार्थी अपहरणका घटना बढ्न थालेको छ । गएको फेब्रुअरीमा मात्र अर्को एक विद्यालयमा अध्ययनरत करिब ३ सय किशोरीहरु अपहरणमा परेका थिए। ती मध्ये धेरैजसो भने बन्धकमुक्त भइसकेको बताइएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker