छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर । सुनसरी र ईलाममा भएको छुट्टाछुट्टै दुर्घटनामा आज दुई जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका १० दाजुभाई चौकमा को२त ८१८७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सहचालक खोटाङको साकेला गाउँपालिका १ डाँडागाँउ का २२ वर्षीय विष्णुकुमार बस्नेतको मृत्यु भएको छ ।

ट्याक्टरको डालाबाट अचानक लड्दा पछाडीको चक्काले किचिएर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी सुनसरीले जनाएको छ । ट्याक्टर र चालक बराहक्षेत्र नगरपालिका १० दाजुभाई चौक का ४५ वर्षीय भीमबहादुर कार्कीलाई ईलाका प्रहरी महेन्द्रनगरले नियन्त्रणमा लिएको छ ।

यस्तै, इलाम नगरपालिका ११ आलेचोकको भित्रि सड्कखण्डमा ना२ख ९२०५ नम्बरको ट्रकले दिएको ठक्करले पैदल यात्री स्थानीय ८२ वर्षीय पदमबहादुर तामाङको मृत्यु भएको छ । ट्रक र चालक पाँचथरको हिलिहाङ ७ का २३ वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरी चौकी चिसापानीले नियन्त्रणमा लिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker