ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका ११ मा भएको ट्याक्टर दुर्घटनामा चालकको गएराती मृत्यु भएको छ । ट्याक्टर चालक २० वर्षीय रोशन राउतको मृत्यु भएको हो ।

ना६त १९१० नम्बरको ट्याक्टर चलाएर धितुङबाट सुनकोसीतर्फ जाने क्रममा अनियन्त्रित भई दुर्घटना हुँदा राउतको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी खोटाङले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker