फर्निचर उद्योगमा आगलागी हुँदा ७० लाखको क्षति

विराटनगर । धनपालथान गाउँपालिका ४ कर्सियास्थित राजेन्द्र शर्माको फर्निचर उद्योगमा आगलागी हुँदा ७० लाख मूल्या बराबरको क्षति भएको छ । आगलागीबाट उद्योग र उद्योगसँगै रहेको एक होटेल पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएर आग लागि हुँदा फर्निचरसँगै रहेको रंगेली २ का बद्रीकुमार कार्कीको होटेलसमेत जलेको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए । रंगेली २ घर भएका शर्माको फर्निचर उद्योगमा ६० लाख र कार्कीको होटेलमा १० लाख मूल्य बराबरको क्षति भएको उहाँले बताउनुभयो ।

निषेधाज्ञाले बन्द रहेको उद्योग र होटेलमा बिहान ९ बजे सुरु भएको आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा ११ बजेतिर नियन्त्रणमा आएको राईले बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker