इजरायलमा विपक्षी गठबन्धनको सरकार निर्माण हुने प्रायः निश्चित

इजरायलमा विपक्षी गठबन्धनको सरकार निर्माण हुने प्रायः निश्चित बनेको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुँका विरुद्ध विपक्षी गठबन्धनको सरकार गठनका लागि सहमति कायम भएको हो ।

विपक्षी गठबन्धनको यो सहमतिले लामो समय उहाँको नियन्त्रणमा रहेको इजरायलको राजनिति विपक्षीको हातमा पुग्ने भएको हो । उहाँले १२ वर्ष देखि प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

गत मार्चमा भएको चुनावमा नेतन्याहुँको लिकुड पार्टीलाई बहुमत प्राप्त नभएपछि अरु पार्टीसँग मिलेर बहुमतको सरकार बनाउन भनिएको थियो । उहाँलाई हिजो २ जुन मध्यरातसम्म बहुमत प्रमाणित गर्ने समय थियो ।

सो समय अघि नै विपक्षी नेता येर लेपिडले आठ दलको गबन्धन तयार भएको र अब गठबन्धनले सरकार निर्माण गर्ने घोषणा गर्नुभएको छ । गठबन्धनमा भएको सहमतिअनुसार अब दुई अलग दलका नेता पालैपालो प्रधानमन्त्री बन्ने छन् ।

पहिले दक्षिणपन्थी यामिना पार्टीका नेता नेफ्टाली बेनेट प्रधानमन्त्री बन्नुहुनेछ भने सन् २०२३ को अगस्ट २७ पछि मध्यमार्गी येश एटिड पार्टीका नेता येर लेपिड प्रधानमन्त्री बन्ने अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसिले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker