क्रियापुत्री बसेका एक दम्पतिको जलेर मृत्यु

सङ्खुवासभा । मादी नगरपालिका ५ च्याङरिङमा क्रियापुत्री बसेका एक दम्पतीको घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ । बुवा कृष्णप्रसाद दाहालको काजक्रियामा बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र उहाँकी पत्नी ४४ वर्षीया कमला भण्डारी दाहालको जलेर मृत्यु भएको हो ।

क्रियापुत्री बसेका दम्पति घरमा सुतिरहेको बेला अचानक आगलागी भएको स्थानीयले बताउनुभयो । कमलाको घट्नास्थलमै मृत्यु भएको र जलेर घाइते राजेन्द्रबाबुलाई उपचारका लागि अस्पताल लग्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी संखुवासभाले जनाएको छ । घट्नाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker