![](https://lokpriyakhabar.com/wp-content/uploads/2021/06/1.jpg)
विराटनगर । नेपाल उद्योग परिसङ्घ, प्रदेश नम्बर १ को संयोजनमा आज रोजगारी गुमाएका विपन्न १ सय १ मजदुर परिवारई खाद्यसामग्री वितरण गरिएको छ ।
परिसङ्घले विज्ञप्ती जारी गर्दै लकडाउनका कारण प्रदेशका अधिकांश उद्योग आधा क्षमतामा सञ्चालन गर्न बाध्य हुदाँ आधाभन्दा बढी औद्योगिक कामदारलाई रोजगारि बिहिन हुन पुगेको भन्दै उनीहरुलाई लक्षित गर्दै राहत वितरण गरिएको जनाएको छ ।
परिसङ्घले सुनसरी–मोरङ औद्योगिक क्षेत्रभित्रका औद्योगिक कामदारलाई राहत पुर्याउने उद्देश्यले दैनिक मजदुरी गर्ने औद्योगिक कामदारका परिवारलाइ राहत कार्यक्रम संचालन गरेको हो । सोहि कार्यक्रम अन्तर्गत परिसङ्घका बोर्ड सदस्य तथा राठी स्वीच इण्डष्ट्रीका निर्देशक राजेन्द्र राठीको प्रायोजनमा १ सय १ विपन्नमजदुर परिवारलाई राहत बितरण गरिएको छ ।
प्रति पोका चामल १० किलोग्राम (केजी) सहित दाल १ केजी, खाने तेल, नून, बिस्कुटलगायतका सामाग्री वितरण गरिएको हो । राठीले प्रायोजन गरेको करिब १ लाख मुल्यको सामाग्री स्वास्थ्य मापदण्ड पालना गर्दै मजदुर परिवारलाइ हस्तान्तरण गरिएको परिसङ्घले जनाएको छ ।
यस्तै परिसङ्घले यस विषम परिस्थितीमा विपन्न तथा असहाय परिवारलाई राहतस्वरुप खाद्यान्नलगायतका सामाग्री बितरण गर्न र राहत कार्यमा संलग्न हुन इच्छुक स्वदेशि तथा बिदेशी संघ संस्था प्रतिष्ठान बित्तिय संस्था औद्योगिक प्रतिष्ठान गैरसरकारी संस्थाहरु समेतलाई आह्वान गरेको छ ।
परिसङ्घ प्रदेश १ का महानिर्देशक बिजयहरि शर्माले उपलब्ध सहयोगलाई संमन्वय गर्दै लक्षित वर्गसम्म पुर्याउन समन्वय र सहकार्य गरिने बताउनुभएको छ ।