नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंकको पाँच लाख रुपैयाँ सहयोग

विराटनगर । नागरिक केयर सेन्टर, विराटनगरलाई एभरेष्ट बैंक लिमिटेडले ५ लाख रुपैयाँ सहयोग गरेको छ । कोभिड– १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अनुरुप उक्त रकम सहयोग स्वरुप उपलब्ध गराएको हो ।

सो रकम बैंकका क्षेत्रीय प्रबन्धक पूर्ण बहादुर श्रेष्ठले नागरिक केयर सेन्टरका अध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष महेशकुमार जाजूलगायतका पदाधिकारीलाई हस्तान्तरण गर्नु भएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा नागरिक केयर सेन्टरका अध्यक्ष सारडा, वरिष्ठ उपाध्यक्ष एवं कोषाध्यक्ष जाजू, सदस्य नविन रिजाल, मोरङ व्यापार संघका कार्यकारी प्रमुख कृष्ण रेग्मी तथा एभरेष्ट बैंक लि., प्रदेश नं. १का क्षेत्रीय प्रबन्धक श्रेष्ठ, विराटनगर शाखा प्रबन्धक साजन केसी र क्षेत्रीय कार्यालयका श्री रमेश भण्डारी उपस्थिति रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker