![](https://lokpriyakhabar.com/wp-content/uploads/2021/06/लागूऔषध-मुकेश-कार्की-धरान.jpg)
सुनसरी । धरान उपमहानगर ११ सयपत्रीचोकबाट प्रहरीले लागूऔषधसहित एक जनालाई आज पक्राउ गरेको छ । स्थानीय २३ वर्षीय मुकेश कार्की पक्राउ परेको हो। उनको साथबाट ओपोट्याब २ हजार, स्पासमो १ हजार २३०, फोक्सिबोन २५० ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी सुनसरीले जनाएको छ ।